बिहिबार सेयर बजार ८ अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से ८.०१ अंकले बढेर दुई हजार ०३३.१३ विन्दुमा पुगेको छ ।
बैंकिङ ३, विकास बैंक १३, होटल तथा पर्यटन ११२, जलविद्युत् ८, जीवन बीमा ९०, निर्जीवन बीमा ५९, फाइनान्स १३, उत्पादन २, माइक्रोफाइनान्स १०, व्यापार ७१ र अन्य उपसमूह ०.२५अंकले बढेको छ ।
यस दिन २७१ कम्पनीको ४० लाख कित्ता सेयर एक अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।