२ हजार बिन्दु तल झर्यो नेप्से, कारोबार रकम एक अर्ब ४० करोड – Janadesh Daily | ePaper

२ हजार बिन्दु तल झर्यो नेप्से, कारोबार रकम एक अर्ब ४० करोड


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १२.९३ अंकले घटेर एक हजार ९९८.२८ विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक १३, फाइनान्स २२, होटल तथा पर्यटन ३८, जलविद्युत् २९, जीवन बीमा ८४, उत्पादन ५६, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ४९, अन्य ८ र व्यापार उपसमूह ३३ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयर आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज लक्ष्मी लघुवित्त र खुटेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७२ कम्पनीको ४१ लाख ६३ हजार कित्ता सेयर एक अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड दुई लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्