मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से १७.६९ अंकले बढेर दुई हजार ०१५.९८ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक ४३, फाइनान्स ३७, होटल तथा पर्यटन ७०, जलविद्युत् ३४, जीवन बीमा ५०, उत्पादन ८३, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा १२२, अन्य २१ र व्यापार उपसमूह १६ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै खुटेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर ९.९८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज लक्ष्मी लघुवित्त वित्तिय संस्थाको सेयर झण्डै साढे चार प्रतिशतले घटेको छ ।
यस दिन २७७ कम्पनीको ६० लाख ३१ हजार कित्ता सेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ ।