बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.८२ अंकले घटेर एक हजार ९९०.५९ विन्दुमा पुगेको छ ।
बैंकिङ ०.८३, विकास बैंक १, फाइनान्स ४, जलविद्युत् ५, जीवन बीमा ९, उत्पादन ३६, माइक्रोफाइनान्स १५, निर्जीवन बीमा ३ र अन्य उपमसमूह ६ अंकले घटेको छ । यस्तै, होटल तथा पर्यटन ७२ र व्यापार उपसमूह ३७ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै सिद्धार्थ इक्वीटी फन्डको सेयर झण्डै ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सिटी होटलको सेयर ९.८८ प्रतिशतले बढेको छ ।
यस दिन २७६ कम्पनीको ३८ लाख कित्ता सेयर एक अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ ।