भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भएको बाँडफाँट ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
यस कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट (https://www.siddharthacapital.com/check-share-allotment-ipo-fpo/), मेरो सेयर एकाउन्ट साथै भगवती हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट https://iporesult.cdsc.com.np/ रिजल्ट हेर्न सकिन्छ ।