बिहिबार सेयर बजार राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से २८.९२ अंकले घटेर एक हजार ९३२.४५ विन्दुमा पुगेको छ ।
बैंकिङ १३, विकास बैंक ४४, फाइनान्स १९, होटल तथा पर्यटन ९३, जलविद्युत् ५०, जीवन बीमा १५०, माइक्रोफाइनान्स ४९, निर्जीवन बीमा १४१, अन्य २९, उत्पादन ८० र व्यापार उपसमूह १२ घटेको छ ।
आज सबैभन्दा धेरै बाराही हाइड्रोपावरको सेयर साढे नौ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज शुभम् पावर लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २७६ कम्पनीको ३७ लाख कित्ता सेयर एक अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ ।