१९ अंकले घट्यो नेप्से, एक अर्ब १३ करोडको कारोबार – Janadesh Daily | ePaper

१९ अंकले घट्यो नेप्से, एक अर्ब १३ करोडको कारोबार


मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १९.४२ अंकले घटेर एक हजार ९६७.५७ विन्दुमा पुगेको छ ।

बैंकिङ ५, विकास बैंक ५४, फाइनान्स ३२, होटल तथा पर्यटन ११०, जलविद्युत् ३१, जीवन बीमा १०८, उत्पादन ५६, माइक्रोफाइनान्स ५०, निर्जीवन बीमा १४९, अन्य ३ र ब्यापार उपसमूह २४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज शुभम् पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २७६ कम्पनीको ३९ लाख १६ हजार कित्ता सेयर एक अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको सात करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्