३९ अंकले बढ्यो नेप्से, एक अर्ब ४९ करोडको कारोबार – Janadesh Daily | ePaper

३९ अंकले बढ्यो नेप्से, एक अर्ब ४९ करोडको कारोबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर दुई हजार विन्दुमा पुगेको छ ।

बैंकिङ १२, विकास बैंक १०६, फाइनान्स ५३, होटल तथा पर्यटन १५७, जलविद्युत् ७१, जीवन बीमा २७३, उत्पादन १०२, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा २४०, अन्य ३० र ब्यापार उपसमूह ६१ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै बरुण हाइडरोपावर र शुभम् पावर लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर ८ प्रतिशतले घटेको छ ।

यस दिन २७५ कम्पनीको ५१ लाख ४४ हजार कित्ता सेयर एक अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्