नेप्से १८ अंकले घट्यो, एक अर्ब ८१ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से १८ अंकले घट्यो, एक अर्ब ८१ करोडको कारोबार


बुधबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १८.६० अंकले घटेर दुई हजार ००४.३० विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ५३, फाइनान्स २५, होटल तथा पर्यटन ४८, जलविद्युत् ३३, जीवन बीमा ८८, उत्पादन २६, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा १०० र अन्य २० र व्यापार उपसमूह १४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै लक्ष्मी भ्यालू फन्ड र शुभम पावर लिमिटेको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यसदिन २८२ कम्पनीको ७० लाख ६१ हजार कित्ता सेयर एक अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्