सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण – Janadesh Daily | ePaper

सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण


काठमाडौँ,

सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो ।

सर्वोच्च अदालतमा यसअघि १८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र एकजना न्यायाधीशको सुरक्षाकर्मी गरी दुई जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै सर्वोच्च अदालतमा तीनजना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

कोभिड–१९ को महामारीका बेला तीनजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि न्यायलयमा काम गर्ने कर्मचारमिा त्रास बढेको छ । त्रास बढेसँगै अदालतले अत्यावश्यक सेवा मात्र दिने निर्णय यसअघि नै गरिसकेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्