नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तेस्रो पटक सर्किट ब्रेक लागेको छ । नेप्से ६ प्रतिशतले बढेर तेस्रो पटक सर्किट ब्रेक लागेसँगै आजलाई कारोबार बन्द भएको हो ।
१११ अंकले बढेको सेयर बजारमा ४८ करोडको कारोबार भएको छ ।
आइतबार कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेको बजारमा पहिलो सर्किट ब्रेक लागेको थियो। यस्तै, दोस्रो पटक खुलेको बजार २ मिनेटमै ५ प्रतिशत बढेपछि सर्किट ब्रेक लागेको थियो ।