नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि पाँच जनाको नाम सर्टलिष्टमा परेको छ ।
सिइओका लागि आवेदन दिएका १९ जना मध्ये ५ जनाको नाम सर्टलिष्टमामा परेको हो । सो लिष्टमा अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम र समता पन्त रहेका छन् ।
उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायीक कार्ययोजनाको मूल्याङ्कन गरी वर्णानुक्रमअनुसार सर्ट लिष्ट तयार पारिएको सूचनामा उल्लेख छ । छनौट भएका पाँच जनाको अन्तरवार्ता बुधवार हुने छ ।