बुधबार सेयर बजार परिसूचक नेप्से १२.१० अंकले घटेर दुई हजार १६३.०६ विन्दुमा पुगेको छ ।
फाइनान्स ६७, हाइड्रोपावर समूह ७७, लगानी १, जीवन बीमा १३२, उत्पादन १२०, निर्जीवन बीमा ३२, होटल तथा पर्यटन ८० र ब्यापार समूह ४७ अंकले घटेको छ । त्यस्तै, बैंकिङ ४, विकास बैंक ८, माइक्रोफाइनान्स ११ र अन्य उपसमूह ३२ अंकले घटेको छ ।
आज इष्टर्न हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज ग्लोबल आइएमई लघुवित्त र नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०० कम्पनीको तीन करोड ३५ लाख कित्ता सेयर ९अर्ब ७६ करोडमा कारोबार भएको छ ।