२५ अंकले घट्यो नेप्से, ७ अर्ब ६७ करोडको कारोबार – Janadesh Daily | ePaper

२५ अंकले घट्यो नेप्से, ७ अर्ब ६७ करोडको कारोबार


आइतबार सेयर बजार परिसूचक नेप्से २५.६३ अंकले घटेर दुई हजार १३०.१८ विन्दुमा पुगेको छ ।

बैंकिङ २९, विकास बैंक ११०, लगानी १, जीवन बीमा ८०, उत्पादन ७६, निर्जीवन बीमा ९८, होटल तथा पर्यटन ९३, ब्यापार समूह ३३, माइक्रोफाइनान्स ५५ र फाइनान्स उपसमूह ४७ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर ५ र अन्य उपसमूह २३ अंकले बढेको छ ।

आज सिइडिबी हाड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर झण्डै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज अंखु खोला जलविद्युत र समाज लघुवित्तको सेयर ९.९७ प्रतिशतले बढेको
छ ।

यस दिन ३०८ कम्पनीको दुई करोड २८ लाख कित्ता सेयर ७ अर्ब ६७ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्