बिहिबार सेयर बजार परिसूचक नेप्से १०.३७ अंकले बढेर दुई हजार ०९४.४६ विन्दुमा पुगेको छ ।
विकास बैंक ४९, फाइनान्स १४, जीवन बीमा ५३, निर्जीवन बीमा ५७, माइक्रोफाइनान्स २०, हाइड्रोपावर ३४, ब्यापार ५ र अन्य उपसमूह २२ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ २, उत्पादन २८ र होटल तथा पर्यटन उपसमूह १०४ अंकले घटेको छ ।
आज मिड सोलु हाइड्रोपावर र माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज चन्द्रागिी हिल्सको सेयर सबैभन्दा धेरै ९.८६ प्रतिशतले घटेको छ ।
यस दिन ३०६ कम्पनीको एक करोड ७ लाख कित्ता सेयर ३ अर्ब ८३ करोडमा कारोबार भएको छ ।