बिहिबार सेयर बजार परिसूचक नेप्से ३०.९२ अंकले घटेर दुई हजार ०६७.०१ विन्दुमा पुगेको छ ।
बैंकिङ १४, विकास बैंक ५२, होटल तथा पर्यटन ४२, हाइड्रोपावर ६२, जीवन बीमा १३६, उत्पादन ७८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा १२५, अन्य ३६ र ब्यापार ०.४७ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह भने ३ अंकले बढेको छ ।
आज सामलिङ पावरको सेयर सबैभन्दा धेरै ९.४२ प्रतिशतले घटको छ । समग्रमा बजार घटे पनि आज समाज लघुवित्तको सेयर ६.१ प्रतिशतले बढेको छ ।
यस दिन ३०९ कम्पनीको एक करोड १५ लाख कित्ता सेयर ४ अर्ब १८ करोडमा कारोबार भएको छ ।