बुधबार सेयर बजार परिसूचक नेप्से ४.९२ अंकले बढेर दुई हजार ०९०.६४ विन्दुमा पुगेको छ ।
बैंकिङ २, विकास बैंक १२, होटल तथा पर्यटन ८१, हाइड्रोपावर २४ र जीवनबीमा उपसमूह १३६ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा ४२, अन्य २८, ब्यापार समूह ३, फाइनान्स ०.७२, उत्पादन १० र माइक्रोफाइनान्स ०.१८ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै गूरासँ लघुवित्त, समाज लघुवित्त, बुद्धभूमी नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एशियन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१३ कम्पनीको ७७ लाख कित्ता सेयर २ अर्ब ८४ करोडमा कारोबार भएको छ ।