सोमबार सेयर बजार परिसूचक नेप्से १३.२८ अंकले बढेर एक हजार ९९२.३० विन्दुमा पुगेको छ ।
बैंकिङ २, विकास बैंक २१, होटल तथा पर्यटन ७३, हाइड्रोपावर ३४, जीवन बीमा ३१, निर्जीवन बीमा २३, ब्यापार ३५, अन्य १२ र उत्पादन १५१ अंकले बढेको छ । त्यस्तै आज फाइनान्स ४ र माइक्रोफाइनान्स २ अंकले घटेको छ ।
आज बोटलर्स नेपाल बालाजुको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्मा बजार बढेपनि आज समाज लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३१४ कम्पनीको ५९ लाख कित्ता सेयर २ अर्बमा कारोबार भएको छ ।