मंगलबार सेयर बजार परिसूचक नेप्से ९.३४ अंकले बढेर दुई हजार विन्दुमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ५, हाइड्रोपावर ११, निर्जीवन बीमा ७७, ब्यापार २९, उत्पादन २१७, र माइक्रोफाइनान्स १२ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन २, जीवन बीमा ८, अन्य ०.९१ र फाइनान्स ५ अंकले घटेको छ ।
आज बोटलर्स नेपाल बालाजु र बिपिडब्ल्यू लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्मा बजार बढेपनि आज चिरख्वा हाइड्रोपावरको सेयर ५ प्रतिशतले घटेको छ ।
यस दिन ३०८ कम्पनीको ५२ लाख कित्ता सेयर १ अर्ब ८६ करोडमा कारोबार भएको छ ।