बुधबार सेयर बजार परिसूचक नेप्से २.४८ अंकले घटेर दुई हजार १०८.७२ विन्दुमा पुगेको छ ।
बैंकिङ १, होटल तथा पर्यटन ६१, हाइड्रोपावर २८, उत्पादन १०, निर्जीवन बीमा ६१ र ब्यापार उपसमूह ३ अंकले घटेको छ । अन्य ८, माइक्रोफाइनान्स १७, जीवन बीमा १०, फाइनान्स ४३ र विकास बैंक उपसमूह १४ अंकले बढेको छ ।
आज माथिल्लो तामाकोशीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज विन नेपाल लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन ३१० कम्पनीको एक करोड कित्ता सेयर ४ अर्ब २४ करोडमा कारोबार भएको छ ।