बुधबार सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले घटेर दुई हजार ०६३.९५ विन्दुमा पुगेको छ ।
होटल तथा पर्यटन ३०, हाइड्रोपावर ८, अन्य ११, विकास बैंक १४, बैंकिङ १, निर्जीवन बीमा ०.३१ र उत्पादन ९९, जीवन बीमा ५३ र फाइनान्स उपसमूह १० अंकले घटेको छ । त्यस्तै, ब्यापार २ र माइक्रोफाइनान्स उपसमूह ९९ अंकले बढेको छ ।
आज बोटलर्स नेपाल बालाजुको सेयर सबैभन्दा धेरै ९.३२ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज गूर्खा फाइनान्स र बुद्धभूमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०५ कम्पनीको ९४ लाख कित्ता सेयर ३ अर्ब ४९ करोडमा कारोबार भएको छ ।