सोमबार सेयर बजार परिसूचक नेप्से १७ अंकले घटेर दुई हजार ०३१.५५ विन्दुमा पुगेको छ ।
हाइड्रोपावर २७, अन्य ९, विकास बैंक ६०, बैंकिङ १३, निर्जीवन बीमा ८२, जीवन बीमा १००, फाइनान्स १६ र माइक्रोफाइनान्स उपसमूह ९० अंकले घटेको छ । त्यस्तै, ब्यापार ८, होटल तथा पर्यटन २३ र उत्पादन उपसमूह १४७ अंकले बढेको छ ।
आज सबैभन्दा किसान लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु र सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३०४ कम्पनीको ७० लाख कित्ता सेयर २ अर्ब ४८ करोडमा कारोबार भएको छ ।