जनादेश, काठमाण्डौ:
नेपाल प्रहरीको ४९ जना उपरीक्षक (एसपी)को सरुवा भएको छ ।
नेपाल प्रहरीको आज भएको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।
एसपी प्रवीण पोखरेल रुपन्देही, तुलबहादुर कार्कीलाई नुवाकोट, सन्तोष कुमार भट्टराई पाल्पा, प्रविणलाल श्रेष्ठ गुल्मी, राजन अधिकारी सिन्धुपाल्चोक, राजेन्द्रप्रसाद धमला सप्तरी, सन्तोषसिंहर राठौर सलौही र होविन्द्र बोगटी स्याङ्जा जिल्लामा सरुवा गरिएको छ ।