पुँजीबजारः चार अर्बभन्दा बढीको कारोबार – Janadesh Daily | ePaper

पुँजीबजारः चार अर्बभन्दा बढीको कारोबार


काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको वृद्धि भएको छ । नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ को बिन्दुमा कायम हुँदा रु चार अर्बभन्दा बढीको कारोबार भएको छ ।

आज तीन सय १५ कम्पनीको ९७ लाख ८९ हजार चार सय १६ कित्ता शेयर ७२ हजार दुई सय ६१ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १४ करोड ३७ लाख ८३ हजार नौ सय ८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन समूह शून्य दशमलव ६८, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४६ र लघुवित्त समूह एक दशमलव १४ प्रतिशतले घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ७९ र अन्य समूह दुई दशमलव ४२ प्रतिशतले बढेको छ ।

त्यसैगरी, बैंकिङ शून्य दशमलव ३२, विकास बैंक शून्य दशमलव ६७, जलविद्युत् शून्य दशमलव ७६, लगानी शून्य दशमलव ६९, जीवन बीमा शून्य दशमलव ४९, म्युचअल फन्ड शून्य दशमलव ५०, निर्जीवन बीमा एक र व्यापार समूह शून्य दशमलव ४० प्रतिशतले बढेको छ ।

जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य समान नौ दशमलव ९९ प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु १८ करोड आठ लाख १० हजार नौ सय २० बराबरको तीन लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्