जनादेश, पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताएकाछन् ।
हरितालिका तीज पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेकाछन् ।