सीजी फुड्स आक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्न परिसंघको माग – Janadesh Daily | ePaper

सीजी फुड्स आक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्न परिसंघको माग


काठमाडौं । नेपाल उद्योग परिसंघले सी.जी. फुड्समा भएको आक्रमणको घटनाप्रति गम्भिर ध्यानाकर्षण गराएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै परिसंघले सी.जी. फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय भएको बताएको हो । परिसंघले देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको आक्रमणमा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन माग समेत गरेको छ ।

त्यस्तै, निजी क्षेत्रमाथि हुने यस्ता हमलाले लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पर्ने परिसंले जनाएको छ ।

“हालको विषम परिस्थितीमा निरुत्साहत बनिरहेको निजी क्षेत्रको मनस्थितीलाई यस्ता घटनाले थप हतोत्साही बनाउने, लगानीको वातावरण बिग्रने र समृद्ध अर्थतन्त्रको प्रयासमा गम्भिर असर पार्ने भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्न कडा रुपमा प्रस्तुत हुन नेपाल सरकार, प्रशासन एवं सम्वन्धित सरोकारवालाहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं,” परिसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्