एजेन्सी । गुगलविरुद्ध पाँच अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मुद्दा परेको छ । निकै गोप्य भनेर गुगल आफैँले दिएको ब्राउजरबाट प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप गुगललाई लागेको हो ।
क्रोममा ‘कन्ट्रोल, सिफ्ट र एन’ दबाउँदा नयाँ ब्राउजर ‘इन्कगिन्टो’ (प्राइभेट मोड) खुल्छ ।
यो ब्राउजरबाट क्रोममा हेरिएका कुनै पनि कुरा सोही कम्प्युटर वा मोबाइल चलाउने अर्काे व्यक्तिले देख्दैन अथवा गोप्य रहन्छ ।
गुगलले आफैँले समेत ‘इन्कगिन्टो’मा हेरिएका कुराहरूको सर्च हिस्ट्री, भिजिट गरेका वेबसाइटजस्ता कुनै पनि तथ्यांक आफूले संकलन नगर्ने बताएको छ ।
तर, गुगलले यसै ‘इन्कगिन्टो’ मोडबाट प्रयोगकर्ताको डाटा संकलन गरेको आरोप लागेको हो ।
सन् २०१६ देखि ‘इन्कगिन्टो’ प्राइभेट मोडको फिचर प्रयोग गर्दै आएका करोडौँ प्रयोगकर्ताको डाटा गुगलले चोरेको हुन सक्ने मुद्दा दाबी गर्ने बोइज सिलर फ्लेक्सनरले जनाएको छ ।