८ अंकले बढ्यो नेप्से, ३ अर्ब १५ करोडको कारोबार – Janadesh Daily | ePaper

८ अंकले बढ्यो नेप्से, ३ अर्ब १५ करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ८.२६ अंकले बढेर एक हजार ९७४.५० विन्दुमा पुगेको छ ।

बैंकिङ ४, विकास बैंक ४२, निर्जीवन बीमा २७२, अन्य ११, हाइड्रोपावर ३, व्यापार ३१, उत्पादन ९३ र जीवन बीमा उपसमूह १२२ अंकले बढेको छ । आज होटल तथा पर्यटन १२६, फाइनान्स १८ र माइक्रोफाइनान्स उपसमूह ५७ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सिर्जनशील लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मानुषी लद्धुवित्तको सेयर झण्डै साढे ५ प्रतिशतले घटेको छ ।

यस दिन ३११ कम्पनीको ७८ लाख कित्ता सेयर ३ अर्ब १५ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्