चन्द्रप्रकाश नेपाली:
घोराही । घोराही मुर्कुटी सडक खण्डमा हिजो खसेको पहिरो हटाउने क्रम जारी छ । घोराही उपमहानगरपालिका ४ कुइने खोला नजिकै पहिरो खसेका कारण हिजो देखी सवारीका साधन ठप्प छन् ।
सडकमा ठुला ठूला ढुंगा खसेका कारण सडक खुलाउन समय लागेको वडा सदस्य भिमबहादुर कुँवर योगीले जानकारी दिनुभयो । सडक निर्माण कम्पनी जलजला निर्माण सेवाका स्काभेटरले पहिरो पन्छाउने काम गरिरहेको छ ।