काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ९.५४ अंकले घटेर दुई हजार ०१७.९६ विन्दुमा पुगेको छ ।
बैंकिङ ५, विकास बैंक ३९, अन्य १५, हाइड्रोपावर १९, जीवन बीमा १९, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३७ होटल तथा पर्यटन ४१ र फाइनान्स उपसमूह ८ अंकले घटेको छ । त्यस्तै, आज व्यापार ३१ र उत्पादन उपसमूह ८९ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३१५ कम्पनीको ८४ लाख कित्ता सेयर ३ अर्ब ७० करोडमा कारोबार भएको छ ।