कोरोना संक्रमण नियन्त्रणमा सरकारसँग हातेमालो गर्न तयार रहेको अफिन र एनएमएको स्पष्टोेक्ति – Janadesh Daily | ePaper

कोरोना संक्रमण नियन्त्रणमा सरकारसँग हातेमालो गर्न तयार रहेको अफिन र एनएमएको स्पष्टोेक्ति


जनादेश, काठमााडौँ ।

सरकारले निजी सवास्थ्य संस्थाहरुले कोरोना महामारी संक्रमण नियन्त्रणमा नसघाइरहेको भनि आरोप लगाइरहेको बेला एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनको संयूक्त बैठक कोरोना महामारीमा राष्ट्रसँग हातेमालो गरि सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको जनाएको छ ।

दुवै संस्थाका अध्यक्षद्वय श्री बसन्तकुमार चौधरी तथा डा. लोचन कार्कीको संयुक्त अध्यक्षतामा बसेको सो बैठकले चार मुख्य निर्णय गरेको छ । बैठकमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालले आ(आफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धतासहितको प्रस्ताव समेत पेश गरेको तर सरोकारवालबाट कुनै पहल नआएको विषयमा पनि समिक्षा गरियो ।

साथै बैठकले नेपाल सरकारले निजी अस्पताललाई गर्ने अपमानित तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरि सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गर्न नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

Press-Bigyapti (1)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्