काठमाडौँ । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी बृत्तमा उनीविरुद्ध सहकारीको करिब दुई अर्ब बचत अपचलन गरेको उजुरी परेको छ ।