हतियार भण्डारमा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु, ४६ घाइते – Janadesh Daily | ePaper

हतियार भण्डारमा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु, ४६ घाइते


चाडियाको राजधानी एन जामेनामा रहेको हतियार भण्डारमा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अन्य ४६ जना घाइते भएका छन्।

देशका स्वास्थ्यमन्त्री अब्देलमजिद अब्देरहिमले यसबारेमा जानकारी दिएका हुन्। आगलागी र विस्फोटको कारण अझै पत्ता लागेको छैन। मारिनेमा बालबालिकासहित सर्वसाधारण छन्। चाडका राष्ट्रपति महामत इड्रिस डेबी इट्नोले शहरको गौडजी छेउमा रहेको दुर्घटनास्थल र घाइतेको निरीक्षण गरे।

– सिन्ह्वा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्