इजरायलले ८ सय नेपाली कामदारलाई श्रमका लागि लैजाने – Janadesh Daily | ePaper

इजरायलले ८ सय नेपाली कामदारलाई श्रमका लागि लैजाने


इजरायलले ८ सय नेपाली कामदारलाई श्रमका लागि लैजाने गरी आवेदन माग गरेको छ । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी दीर्घकालीन स्याहार केन्द्रका लागि ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो ।

नेपाल र इजरायलबीच भएको दुईपक्षीय श्रम सम्झौताअनुसार कामदार पठाइने भएको हो । यसमा निजी क्षेत्रको कुनै संलग्नता छैन । इजरायलले ८ सयजना कामदार माग गरेको मध्ये ५ सयजना मुख्य उम्मेदवार हुनेछन् भने बाँकी ३ सय जनालाई वैकल्पिकमा राखिनेछ ।

इजरायल जान इच्छुकले आजबाट लागू हुनेगरी २१ दिनभित्र आवेदन दिनुपर्ने विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १ दशमलव ५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्