कोरोना महामारी दुई वर्षभित्रै अन्त्य हुन सक्छ : डब्ल्यूएचओ – Janadesh Daily | ePaper

कोरोना महामारी दुई वर्षभित्रै अन्त्य हुन सक्छ : डब्ल्यूएचओ


जनादेश, काठमाडौँ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरस महामारी दुई वर्षभित्रै अन्त्य हुन सक्ने बताएको छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी नियन्त्रण सफल रहेको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले बताएका छन् ।

भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको उनले बताए । तर, हालको विकसीत विज्ञान र प्रविधिका कारण कोरोना महामारी नियन्त्रण सफल हुने धेरै सम्भावना रहेको टेड्रोसले बताए ।

सन् १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म दुई वर्ष लामो समयमा फैलिएको स्पेनिस फ्लु नियन्त्रणमा निकै कठिनाइ भएको थियो । उक्त महामारीले विश्वभरका २ करोड मानिसको ज्यान लिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्