अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दोस्रो स्थानमा मेस्सी – Janadesh Daily | ePaper

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दोस्रो स्थानमा मेस्सी


अर्जेन्टिनी कप्तान लिओनल मेस्सीले कोपा अमेरिका फुटबल २०२४ मा पहिलो गोल गरेका छन् । उनले बुधबार बिहान सम्पन्न क्यानडाविरुद्धको सेमिफाइनल खेलमा गोल गरेका हुन् ।

मेस्सीले ५१औँ मिनेटमा आकर्षक गोल गरेका थिए । उनले एन्जो फर्नान्डेजको पासलाई पोस्टको दिशा देखाए । योसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने मामलामा दोस्रो स्थानमा उक्लिएका छन् ।

उनी इरानका पूर्वफुटबलर अलि दाइलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । मेस्सीले अर्जेन्टिनाका लागि हालसम्म १ सय ९ गोल गरेका छन् । अलिले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १ सय ८ गोल गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको रेकर्ड भने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले हालसम्म १ सय ३० अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

रोनाल्डो युरो कप २०२४ मा भने गोल गर्न चुके । यसपटक चुके पनि युरोकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड भने उनको नाममा कायमै छ ।

रोनाल्डोले हालसम्म ६ युरो कप खेल्दा १४ गोल गरेका छन् । उनको यो रेकर्ड तोडिन अझै वर्षौँ लाग्ने देखिन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्