इन्टर मियामीको सानदार जित – Janadesh Daily | ePaper

इन्टर मियामीको सानदार जित


अमेरिकन लिग सकरअन्तर्गत टोरन्टो क्लबविरुद्ध इन्टर मियामीले सहज जित दर्ता गरेको छ । आज बिहान सम्पन्न खेलमा मियामीले टोरेन्टोविरुद्ध ३–१ को जित दर्ता गरेको हो ।

मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई तथा डिएगो गोमेजले एक गोल गरे । टोरेन्टोका डेरीक एटीएने जुनियरले एक गोल फर्काए ।

आजको खेलमा केही दिनअघि कोपा अमेरिका जितेका कप्तान लिओनल मेस्सी थिएनन् । चोटका कारण उनले मियामीको अर्को खेल पनि गुमाउने छन् । यस्तै, मियामीमै आबद्ध उरुग्वेका स्टार लुइस सुआरेजले पनि आजको खेल खेलेका थिएनन् ।

यो जितपछि मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक भएको छ । ऊ अहिले शीर्षस्थानमा रहेको छ । पराजित टोरन्टो २५ खेलबाट २७ अंकसहित आठौँ स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्