ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप – Janadesh Daily | ePaper

ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

आइतवार बसेको रास्वपा संसदीय दलको बैठकले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गर्दै आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘आइतवार दिउँसो १ बजे प्रारम्भ हुने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन, र प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि पेश गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन ९ह्वीप० जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्