थाइ अदालतले प्रधानमन्त्री थाभिसिनको मुद्दामा अगस्ट १४ मा फैसला गर्ने – Janadesh Daily | ePaper

थाइ अदालतले प्रधानमन्त्री थाभिसिनको मुद्दामा अगस्ट १४ मा फैसला गर्ने


बैंकक । थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनलाई पदमुक्त गर्न माग गरिएको मुद्दामा थाइल्याण्डको सर्वोच्च अदालतले अर्को महिना फैसला सुनाउने भएको छ ।

गत मे महिनामा अदालतले ४० जना पूर्व सिनेटरले स्रेथालाई पदबाट हटाउन माग गर्दै दायर गरेको निवेदनलाई स्वीकार गरेको थियो ।

सन् २००८ मा अदालतको अवहेलना गरेको अभियोगमा छ महिना जेल सजाय भोगेका पिचित चुएनबानलाई मन्त्री बनाएपछि श्रेता थाभिसिनलाई पदमुक्त गर्न माग गर्दै मुद्दा दायर गरिएको हो ।

पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग निकट सम्बन्ध भएका पूर्व वकिल पिचित विवादमा आएपछि पछि श्रेतालाई जोगाउन मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्