काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ ।
बैंकिङ १९, जीवन बीमा ८८, उत्पादन ६६, माइक्रोफाइनान्स ३५६, निर्जीवन बीमा ३६९, ब्यापार ३०, फाइनान्स ३५ र होटल तथा पर्यटन समूह २७ अंकले बढेको छ । त्यस्तै, विकास बैंक १७, अन्य ६ र हाइड्रोपावर उपसमूह ३ अंकले घटेको छ ।
आज उपकार लघुवित्त वित्तिय संस्था, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मितरी डेभलपमेन्ट बैंकको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।
यस दिन ३२० कम्पनीको ३ करोड ५५ लाख कित्ता सेयर १४ अर्ब १३ करोडमा कारोबार भएको छ ।