काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा नीतिगत दर घटाएको छ । नीतिगत दरलाई ५.५ बाट ५ प्रतिशतमा झारिएको छ । यस्तै, बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम राखिएको छ । यस्तै, ५ प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ ।