काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। शाहलाई प्रदेश प्रमुख नजिर मियाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री शाहले मन्त्रीपरिषद समेत विस्तार गरेका छन् । कांग्रेसबाट बहादुरसिंह थापा आर्थिक मािमिला मन्त्री र मेघराज खड्का सामाजिक विकास मन्त्री भएका छन् भने एमालेबाट हिरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्री, सुरेन्द्र पाल भौतिक पूर्वाधार मन्त्री र वीरबहादुर थापा पातल भूमि व्यवस्था तथा कृषि मन्त्री बनेका छन् ।
त्यस्तै, नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन् । नवनियुकत मन्त्रीहरुले आजै शपथ ग्रहण गरिसकेका छन् ।
यसका साथै, शाहले कांग्रेसबाट प्रकाश बम आर्थिक मामिला राज्यमन्त्री, सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री र एमालेकी निर्मला साउदलाई शपथ ग्रहण गराएका छन् ।