काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ६.७० अंकले बढेर दुई हजार ७६६.३८ विन्दुमा पुगेको छ ।
हाइड्रोपावर २९, ब्यापार १८, निर्जीवन बीमा ९ र उत्पादन उपसमूह ४५३ अंकले बढेको छ । त्यस्तै, आज बैंकिङ ८, विकास बैंक ३६, फाइनान्स १४, होटल तथा पर्यटन ९५, अन्य १३, जीवन बीमा ४० र माइक्रोफाइनान्स उपसमूह २३ अंकले घटेको छ ।
आज कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।
यस दिन ३२२ कम्पनीको ५ करोड ९ लाख कित्ता सेयर २० अर्ब ७ करोडमा कारोबार भएको छ ।