बंगलादेशको सरकार परिवर्तनको आन्दोलनले सत्ता गठबन्धनसमेत डराएको छ: प्रचण्ड – Janadesh Daily | ePaper

बंगलादेशको सरकार परिवर्तनको आन्दोलनले सत्ता गठबन्धनसमेत डराएको छ: प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको डिजाइनमा नयाँ सरकार बनेको दाबी गरेका छन् ।

शनिबारको स्थायी कमिटी बैठकमा बोल्दै उनले सात समुद्रपारिबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाइएको बताएका हुन् ।

सरकार बनाउन छिमेकी नभई सात समुद्रपारिको शक्ति हाबी भएको उनको दाबी थियो । गत असार १७ मा बनेको नयाँ गठबन्धन सरकारलाई भारत र चीनले समेत नरुचाएको उनले जिकिर गरे ।

‘मैले केही कुरामा अडान लिएपछि नेपालमा हठात् सरकार परिवर्तनको खेल भयो,’ बैठकमा उनले भने, ‘यो यहाँ विकसित भएको घटनाक्रम होइन सात समुद्रपारिबाट सब भएको हो ।’

बंगलादेशमा भएको सरकार परिवर्तनको आन्दोलनले नेपालको सत्ता गठबन्धनसमेत डराएको उनको दाबी छ । नेपालमा पनि केही समयमा आन्दोलन उठ्ने र त्यसको नेतृत्व माओवादीले गर्ने उनले बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्