काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस साढे ११ बजेतिर मर्स्याङ्दी नदीमा खसेको हो ।
नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १४ जनाको मृत्यु भएको छ । यस्तै, १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँ प्रहरीले जनाएको छ । बसमा भारतीय पर्यटक रहेको बुझिए पनि दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका उक्त बसमा कम्तिमा ४० यात्रु रहेको प्रारम्भिक अनुमान गरेको छ ।