चन्द्रप्रकाश नेपाली:
घोराही मुर्कुटी सडक खण्डमाखसेको पहिरो हटाएपछि सवारीका साधन सुचारु भएका छन् । घोराही उपमहानगरपालिका ४ कुइने खोला नजिकै अस्ती पहिरो खसेका कारण सडक अबरुद्ध भएको थियो ।
कालोपत्रेका लागि सडक निर्माणको काम गर्ने जिम्मेवारी पाएको जलजला निर्माण सेवा प्रालीको डोजर र ब्रेकरले पहिरो हटाएपछि सवारीका साधन बिहान देखी सुचारु भएका हुन् । सडकमा खसेका ठुला ठुला ढुंगा दुई दिन लगाएर हटाएपछि सडक खुलेको हो ।