काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ३.८० अंकले बढेर दुई हजार ७८६.४० विन्दुमा पुगेको छ ।
आज बैंकिङ १४,हाइड्रोपावर १६, होटल तथा पर्यटन ६, उत्पादन २ र अन्य उपसमूह १ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ४४, फाइनान्स ६२, जीवन बीमा ६१, माइक्रोफाइनान्स ५७, ब्यापार ५५ र निर्जीवन बीमा उपसमूह १३१ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरका सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि कर्णली डेभलपमेन्ट बैंकको सेयर भने ६.८८ प्रतिशतले घटेको छ ।
यस दिन ३२६ कम्पनीको ३ करोड ५० लाख कित्ता सेयर १३ अर्ब ७२ करोडमा कारोबार भएको छ ।