देशभर मनसुनी वायुको प्रभाव, मध्यम वर्षाको सम्भावना – Janadesh Daily | ePaper

देशभर मनसुनी वायुको प्रभाव, मध्यम वर्षाको सम्भावना


हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ । सोही कारण देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रहेको छ । बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर मौसम सामान्य रही बागमती, गण्डकी, लुम्बिनी, कर्णालीलगायत अन्य प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको छ ।

आज राति देशभर आंशिक बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली लगायत अन्य प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्