काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ५३.६३ अंकले घटेर दुई हजार ६९५.९३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ३६, विकास बैंक १००, फाइनान्स १२२, हाइड्रोपावर ८२, होटल तथा पर्यटन २१३, उत्पादन १३१, अन्य २२, जीवन बीमा १९४, माइक्रोफाइनान्स ९६, ब्यापार ७ र निर्जीवन बीमा उपसमूह १६२ अंकले घटेको छ ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर, माई खोला हाइड्रोपावर र थ्री स्टार हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सुपर माई हाइड्रोपावरको सेयर भने १० प्रतिशतले बढेको छ ।
यस दिन ३३७ कम्पनीको २ करोड ६२ लाख कित्ता सेयर १० अर्ब ५१ करोडमा कारोबार भएको छ ।