जनादेश, काठमाण्डौ ।
विगत एक महिना देखि कर्णाली प्रदेश प्रमुख सचिव बिहिन भएकोछ । प्रदेश नै प्रमुख सचिव विहिन भएपछि निर्णय प्रकृया र सार्वजनिक सेवा प्रवाहमा ठुलो असर परेकोमा सेवाग्राहीको गुनासोछ ।
कर्णालीका प्रमुख सचिव टेकनारायण पाण्डेलाई गत ५ साउनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याए पछि पाण्डेको ठाउँमा अहिलेसम्म कसैलाई पठाइएको छैन ।
प्रधानमन्त्री कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गरी दुई सचिव पद रिक्त रहँदा सिंहदरबारमा तीनजना सचिवलाई भने जिम्मेवारविहीन बनाएर राखिएको छ ।
सचिवहरू केदार न्यौपाने, मधु मरासनी र वीरबहादुर राईलाई जिम्मेवारीविहीन राखिएको हो । अतिरिक्त समूहमा रहेका उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर गर्दै आएको मन्त्रालय स्रोतले बताएकोछ ।